जेठ ७ । महोत्तरी जिल्लाको दुर्गा उच्चमाध्यमिक विद्यालय मनरा परीक्षा केन्द्रबाट प्रहरीले आज एक जना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोनमा गाविस–१ का २३ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अभियुक्त साहले नक्कली परीक्षार्थी बनी आफ्नी सौतेनी आमा वीणाका नाउँमा कक्षा ११ को परीक्षा दिइरहेका बेला मनरा परीक्षा केन्द्रमा केन्द्राध्यक्षले परिचयपत्र जाँच गर्दा उनी पक्राउ परेको प्रहरी नायब निरीक्षक विजय भण्डारीले बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।