जेठ ७ । सम्पत्ति शुद्धिकरण विभागले अवैध तरिकाले अकुत सम्पत्ति कमाउने डनका विरुद्ध मुद्धा दायर गरेपछि अदालतले १५ दिन भित्र हाजिर हुन पाँचै जना डनलाई आदेश दिएको छ ।
विभागले दायर गरेको रिटको आधारमा विशेष अदालतले चर्चित डनहरु गणेश लामा, चक्रे मिलन, दीपक मनाङ्गे, अभिषेक गिरी र पर्शुराम बस्नेतलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन सोमबार आदेश दिएको हो ।
यसअघि आइतबार विभागद्धारा दायर गरिएको मुद्धा अनुसार अभिषेक गिरीसँग २ करोड ९४ लाख, चक्रे मिलनसँग ७ करोड ८ लाख, पर्शुराम बस्नेतसँग ११ करोड ४१ लाख र दीपक मनाङ्गेसँग १४ करोड ७३ लाख बराबरको अवैध सम्पत्ति रहेको दाबी गरिएको छ ।
Comments