राजविराज, ६ असोज । सप्तरीको रुपनी गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टीले जितेको छ ।

जिल्लाको रुपनी गाउँपालिकामा राजपा नेपालका हरेराम यादव चार हजार ६८ मत प्राप्त गरी प्रमुख पदमा विजयी भए छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामनारायण इसर (राजधोव) ले दुई हजार ९७१ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय, सप्तरीले जनाएको छ ।

यस्तै, उपप्रमुखमा पनि राजपाकै बेचनीदेवी सरदारले तीन हजार ९३६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै भोलेश्वरीदेवी चौधरीले दुई हजार ६९७ मत प्राप्त गरे ।

यसअघि, सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्लामा पहिलोपटक प्रमुख र उपप्रमुख पदमा विजयी भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।