जेठ ६ । भारतमा बालश्रम गराउन लगिरहेका नौ जना बालकलाई उद्धार गरिएको छ ।

डेभलपमेन्ट नेपाल नामक गैरसरकारी सामाजिक संस्थाले कानुनविपरीत बालश्रम गराउन लगिरहेको अवस्थामा उनीहरुलाई सीमावर्ती भारतीय सहर रक्सौलस्थित रेल्वे स्टेसनको जनसागर एक्सप्रेसबाट उद्धार गरिएको हो ।

उद्धार गरिएका बालकहरु महोत्तरी अधियामपुरका मोहम्मद सदरेआलम, मोहम्मद अस्फाक र बुब्बकर सिद्धि तथा रौतहट खाप घिउराका सभसे आलम, अस्लम, जफरे आलम, सनेवा आलम, उत्तिउल्लाह फकिर र आशाराम कुम्हार रहेको सो संस्थाले जनाएको छ ।

उनीहरुलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा रक्सौल रेल्वे स्टेसनबाट उद्धार गरी वीरगन्ज ल्याइएको छ । उद्धार गरिएका बालकहरु १० देखि १५ वर्ष उमेर समूहका छन् ।

उद्धार गरिएका ती बालकलाई आवश्यक प्रक्रिया पु¥याएर उनीहरुको अभिभावको जिम्मा लगाउने सो संस्थाले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।