जेठ ६ । ‘छोटा राजन’का नाममा विदेशी नंबाट फोन गरी अपहरण गर्ने तथा ज्यान मार्ने धम्की दिई रकम माग गर्ने कास्की चापाकोट–३ घर भई हाल धापासी–९ बसुन्धरा बस्ने ३२ वर्षीय ठाकुरप्रकाश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ–४ बालुवाटार बस्ने ३८ वर्षीय अनिल विश्वकर्मा गजमेरले आफूलाई विभिन्न विदेशी नंबाट निज ठाकुरले आफ्नो मोबाइल नंमा फोन गरी अपहरण गर्ने तथा ज्यान मार्ने धम्की दिई रकम माग गर्ने गरेको भनी मौखिक जानकारी दिएका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको अनुसन्धान टोलीले घटनामा संलग्न निज ठाकुरको पहिचान गरी यही जेठ ३ गते बसुन्धराबाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षको समाचारमा जनाइएको छ ।

अभियुक्त ठाकुरले आप्mनो व्यावसायिक रिसइबीका कारण मलेसिया, अस्ट्रेलियालगायत देशमा रहेका साथीमार्फत फोन गर्न लगाई आफू ‘छोटा राजन’ भएको र माग गरेबमोजिमको रकम नदिएमा अपहरण गर्ने तथा ज्यानसमेत मार्ने भनी धम्काएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । अभियुक्तलाई थप कानुनी कारबाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाउनाका साथै प्रहरीले घटनामा संलग्न अन्य अभियुक्तको खोजतलास गरिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।