वैशाख ५ – सञ्चारीका समूहकी पूर्व अध्यक्ष बबिता बस्नेतले हिन्दु धर्म वैज्ञानिक भएको तर्क गर्दै सबै पति र पत्नी ब्रता भइदिएको भए एचआइभी एड्स कसैलाई नलाख्ने धारणा राखेकी छन् ।

ॐकारवाणी मासिक पत्रिकाले राष्ट्रिय विभूति सीताको जन्म तिथिको अवसरमा आइतबार आजधानीमा आयोजना गरेको एक धार्मिक कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भनिन् ‘पती ब्रता हुनुपर्छ भनेर हाम्रो धर्म संस्कृतिले धेरै ठाउँमा सिकाएको छ । कतिपय ठाउँमा पत्नीब्रता हुनुपर्छ भनेर समेत भनिएको छ । त्यो यति ठूलो कुरा रहेछ की यो त स्वास्थ्य सँग जोडिएको कुरा रहेछ । एचआइभी एडस् त लाग्ने थिएन होला नि सबै पती ब्रता र पत्नी ब्रता भइदिएको भए । हाम्रो धर्म छ नि बैज्ञानिक पनि छ ।’
कार्यक्रममा धर्म र संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँने विभिन्न क्षेत्रका महिलालाई सम्मान गरिएको छ । ॐकारवाणी मासिक पत्रिकाले समाजका विभिन्न जात वर्गका प्रतिनिधि नारी पात्रलाई आदर्श नारीको रुपमा पुजन गरी राष्ट्रिय विभूति सीता सम्मान प्रदान गरेको हो । 
कार्यक्रममा सीता लक्ष्मी गोर्खालीको भजन संग्रह समेत विमोचन गरियो । नेपालमा धार्मिक आक्रमण बढेकाले हिन्दु राष्ट्र नेपाल धरापमा परेको धारणा कार्यक्रममा बोल्ने वक्ताले राखेका छन् । कार्यक्रममा हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघ संस्था र हिन्दु राष्ट्रको माग गर्दै आएका विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो । 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।