जेठ । प्राकृतिक रुपमा उच्च रक्तचापको पूर्व अवस्थालाई नियन्त्रित गर्न खर्वुजा खाएमा निक्कै हदसम्म सही हुने अनुसन्धानहरुले देखाएको छ ।
धेरै मानिसले उच्च रक्तचापलाई वास्ता नगरेपनि च्च रक्तचापको पूर्व अवस्थाले समेत हृदयघात र मस्तिष्कघातको खतरा हुने गर्दछ ।
अमेरिकाको फ्लोरिडा स्टेट युनिभर्सिटीका खाद्य वैज्ञानिकले खर्वुजामा पाइने एल–सिट्रलिनले रक्तचाप नियन्त्रणमा भूमिका खेल्ने जनाउँदै ६ हप्तासम्म खर्वुजा खुवाउँदा अनुसन्धानमा सहभागी सबैजनाको रक्तचाप सामान्य भएको बताएका छन् ।
खर्वुजा खाने गरेमा उच्च रक्तचापको पूर्व अवस्था हट्ने र उच्च रक्तचाप हुन नपाउने बताइएको छ ।
गर्मीयाममा हुने खर्वुजा खाएमा गर्मीबाट राहत मात्र मिल्दैन त्यसमा रहेको एल–सिट्रलिनले रक्तसञ्चार प्रणालीमा सकारात्मक असर पर्ने भएको हो ।