जेठ ४ । गुडिरहेको मोटरसाइकलबाट खसेर रौतहटमा आज एक महिलाको मृत्यु भएको छ ।

सदरमुकाम गौरबाट घरतर्फ गइरहेकी बसन्तपट्टी गाविस वडा नम्बर २ भेडियाही टोलकी ५० वर्षीया श्रीमती बचियादेवीको बिहान आठ बजे मोटरसाइकलबाट खसेर मृत्यु भएको हो ।

उनी आफ्नै भतिजा सुनीलकुमार पटेलले चलाएको मोटरसाइकल पछाडि बसेर गइरहेको अवस्थामा मोटरसाइकलबाट खसेकी प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।