जेठ ३ । कैलालीस्थित सेती अञ्चल अस्पतालमा कालाजारका एक बिरामी फेला परेका छन् ।

ज्वरो आएपछि अस्पतालमा उपचार गराउन आएका अछाम सोकट गाविस–३ घर भएका ३५ वर्षीय शङ्कर विकमा कालाजार देखिएको हो ।

विकको रगत परीक्षण गर्दा कालाजार पोजेटिभ देखिएको अञ्चल अस्पतालले जनाएको छ । सेती अञ्चल अस्पतालमा १० वर्षपछि यो रोग देखापरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।