बसको ठक्करबाट एकको मृत्यु

जेठ ३ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कावासोतीमा आज बिहान ५:१५ बजे बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

नारायणगढबाट बुटवल जाँदै गरेको लु१ख ५२०० नंको बसको ठक्करबाट मृत्यु हुनेको नाम ठेगाना खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव कालीगण्डकी सामुदायिक अस्पतालमा राखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।