जेठ १ । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा गरिएको नियुक्ति बदर गर्न दायर निवेदनमा आज सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले गत वैशाख २९ गते दायर गर्नुभएको निवेदनमा प्रारम्भिक सुनुवाईपछि न्यायाधीश रामकुमारप्रसाद साहको एकल इजलासले राष्ट्रपतिको कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, आयोग र प्रमुख आयुक्त कार्कीका नाममा सो आदेश जारी गरेको हो ।

सो इजलासले विपक्षीहरूको रायसमेत आएपछि अन्तरिम आदेश जारी गर्ने/नगर्ने विषय यही जेठ १२ गते संयुक्त इजलासमा सुनुवाईका लागि पेश गर्न आदेश दिएको छ ।
अधिवक्ता अर्यालले संवैधानिक परिषद्को निर्णयबमोजिम उच्च नैतिक चरित्र नभएको आरोप लागेका पूर्व मुख्यसचिव कार्कीलाई आयोग प्रमुखमा नियुक्ति दिने, शपथ गराउने र जिम्मेवारी दिनेजस्ता काम आफ्नो निवेदनको टुङ्गो नलागेसम्म नगर्न÷नगराउनका लागि अन्तरिम आदेश जारी गर्न माग गरेका थिए । रासस






