जेठ १ । लोत्से हिमाल आरोहण गर्न गएका एक विदेशी आरोहीको रक क्लाइमिङ तालिम लिने क्रममा माथिबाट झरेको ढुङ्गा लागेर मृत्यु भएको छ ।

बुधबार बिहान रक क्लाइमिङ तालिम लिन सगरमाथा आधार शिविरबाट लोत्से हिमालको फेदीमा जाँदा ढुङ्गा झरेर रुसी नागरिक एलेक्से बोलोटोभको मृत्यु भएको हो ।
लोत्से हिमाल आरोहण गर्न नेपाल आएका बोलोटोभको पासपोर्ट नं. ७२३२३१९७९ रहेको छ । पचास वर्षीय रुसी नागरिकको आरोहण टोलीमा चार सदस्य थिए ।

बोलोटोभको मृत्युपछि सगरमाथाको आधार शिविरमा रहेका सम्पर्क अधिकारीहरुले मुचुल्का उठाई सम्बन्धित निकायमा जानकारी गराएको किताबसिं तामाङले जानकारी दिए ।

एलेक्से चोयू टे«किङ कम्पनीमार्पmत इन्टरनेशनल एभरेस्ट साउथ वेष्ट एस्पिडिसन स्प्रिङ २०१३ टोलीले लोत्से हिमाल आरोहण गर्ने अनुमति पर्यटन मन्त्रालयबाट पाएको थियो । यो वर्ष अहिलेसम्म सगरमाथा हिमालमा पाँच आरोहीको मृत्यु भइसकेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।