जेठ ०१ । मिर्गौलाको अवैध बेचबिखन कार्यमा सहयोग गरेको अभियोगमा प्रहरीले पूर्व स्ववियु उपभापति आठ जनालाई पक्राउ गरेको छ ।
विशेष प्रहरी टोलीले काठमाडौँ, नुवाकोट र काभ्रेको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नुवाकोट मदानपुर–१ का पुना ठकुरी भन्ने पूजा दाहाल, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका–२१ का सचिन मर्हजन, ललितपुरकै सानुलाल महर्जन, तनहँ मिलुंग–३ का कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस–४ का सुमन श्रेष्ठ र काभ्रेको पाँचखाल–६ का राजन दर्जी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये सचिन मर्हजन पाटन क्याम्पसका पूर्व स्ववियुउपभापति रहेको बताइएको छ ।
Comments







