स्वय नायिका अधिकारीले आफ्नो फेसबुक स्टाटसमार्फत आफूलार्ई सगरमाथा आरोहण गराउने गाइडको निधन भएको भन्ने खबर खण्डन गर्दै ध्यानाकर्षण भएको बताएकी छन् ।
केही दिन अघि मात्र न्युज एजेन्सीहरुले उनको गाइड भनिने २५ वर्षिय फुलोप्साङ शेर्पाको मंगलबार सगरमाथाको दोस्रो र तेस्रो शिविरको विचमा निधन भएको खबर दिएका थिए ।
उक्त खबर सगरमाथाको तेस्रो शिविरमा पुगेकी निशाले थाहा पाएपछि उनको स्वास्थ्य अवस्था राम्रो भएको र उनलाई केही पनि नभएको उल्लेख गरेकी छन् ।
उनले नायक अर्जुनको पनि शेर्पा गाइड रहेको र उनको स्वास्थ्य अवस्था पनि राम्रो भएको जानकारी गराएकी छन् ।
नायिका निशाले कुनै व्यक्तिको मृत्युको खबरलाई गसिप बनाउने शैली जायज नभएको भन्दै आपत्ति समेत प्रकट गरेकी छन् ।
राजधानी आएलगत्तै यस समाचारबारे प्रकाशन गृहसँग खण्डनको अपेक्षा गरेको पनि उनले आफ्नो फेसबुकमा लेखेकी छन् ।