बैशाख ३० । प्रहरीले भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा एक प्रहरीसहित पाँचजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले केही दिनअघि नक्कली भारतीय नोटसहित पक्राउ परेका व्यक्तिको बयानका आधारमा प्रहरी जवान रूपेश उपाध्यायलाई पक्राउ गरेको र उनी अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जमा कार्यरत रहेको जनाएको छ ।

पक्राउ पर्ने अन्यमा अनिल ओझा, शेख फिरोज आलम, सन्तोष पटेल र भारतका कुनाल श्रीवास्तव रहेका छन् ।

नक्कली नोटको विषयमा केही व्यक्ति प्रहरी नियन्त्रणमा रहेको र उनीहरूको विषयमा अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।