बैशाख २९ । सुरक्षाका लागि खटिएका १९ जना प्रहरीको घेरा तोडेर शनिबार राती रोल्पाबाट आठ जना कैदी तथा थुनुवा भागेका छन् ।

गैंडाको खाग तस्करी, जर्बजस्ती करणी र डाँका मुद्दामा जेल सजाय भोगिरहेका उनीहरु गएराति प्रहरीको आँखा छल्दै भाग्न सफल भएका हुन् ।

यसरी सुरुङ खनेर भाग्नेमा अर्जुन सेन, ध्रुव डाँगी, चम्फे बिक, बसन्त रोका, राजु थापा, कृष्ण ओली, राजबहादुर ओली र दिपक पुन रहेका प्रहरीले जनाएको छ ।

कैदीहरु ११ बजेतिर भागेको हुनसक्ने अनुमान प्रहरीले गरेपनि साढे १२ बजेतिर मात्रै उनीहरु भागेको प्रहरीले चाल पाएको थियो ।

कैदीहरु भागेपछि रोल्पामा उच्च सुरक्षा सतर्कता अपनाएर उनीहरुको खोजी भईरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।