बैशाख २८ । विभिन्न राजनीतिक दल सम्बद्ध भातृ विद्यार्थी संघ संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अख्तियारले नै दोषी ठहर गरेको व्यक्तिलाई नियुक्त गरेको विरोधमा भोलि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएका छन् ।

ती विद्यार्थी संगठनले वन्दले दैनिक जनजिवन कष्टकर हुने तथा स्ववियू निर्वाचनलाई समेत असर गर्ने भएकाले बन्द फिर्ता लिएको बताएका छन् ।

आज अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको ११ विद्यार्थी संगठनको बैठकले बन्द फिर्ता लिने र स्ववियू निर्वाचनमा केन्द्रीत हुने निर्णय गरेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।