बैशाख २८ । आर्थिक अवस्था मध्यम वर्ग परिवारकी एक ११ वर्षीय बालिकालाई १० रुपैया दिई फकाएर बलात्कार गरेको रहस्य खुलेको छ ।

झापा खुदुनाबारी १ सिस्नेका ४० बर्षका सुनेर विक ११ वर्षिया बालिकालाई त्यसरी फकाएर घरमै लगेर बलात्कार गरेका हुन् ।

स्थानीय बोडिङ स्कूलका बस चालक विकले ७ महिनाअघि ती बालिकालाई १० रुपैयाँको नोट दिएर आफ्नै घरमा लगि बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । तर विक भने उक्त घटना बाहिर आएसँगै फरार भएका छन् ।

छोरीले खुट्टा दुख्यो भन्ने गरेको र खुट्टा मिचिदिँदै जाँदा पेटमा सानो डल्लो भेटेपछि वैशाख ४ गते उनको पेटमा गर्भ रहेको खुलासा भएको कान्तिपुरले समाचार छापेको छ ।

पीडित बालिकाका बुवा-आमा स्थानीय खोलामा गिटी कुटेर गुजारा गर्दै आएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।