मदिरा सेवनबाट क्षणिक आनन्दको अनुभूति त होला तर यसमा रहेको एसिटालडिहाइड विषाक्त हुने भएकाले शरीरमा यसले नकारात्मक असर पनि पार्न सक्छ । यस विषाक्त तत्त्वले टाउको दुख्ने, चक्कर लाग्ने र उल्टी आउनेसमेत हुन सक्छ । यति मात्र नभएर लामो समयसम्म ह्याङओभर भइरहन्छ ।

रोयल सोसाइटी अफ केमेस्ट्रीका शोधकर्ताका अनुसार मदिरा सेवनबाट हुने ह्याङओभर हटाउन महको सेवन प्रभावकारी हुन्छ । महमा पाइने फ्रुकटोसले शरीरमा हुने मदिराको कुप्रभाव हटाउँछ । त्यसैले महको सेवनपछि मदिरामा पाइने एसिटालडिहाइड विषाक्तको प्रभाव कम हुँदै जान्छ र बिस्तारै ह्याङओभर पनि खत्तम हुन्छ ।

यस शोधकर्ता दलका प्रमुख डा. जान एमस्लेका अनुसार ब्रेड वा टोस्टमा मह लगाएर खानाले शरीरमा पोटासियम र सोडियमजस्तो फाइदाजनक तत्त्व प्राप्त हुन्छ । यसले मदिराको कुप्रभाव हटाउँछ । डा. एमस्ले भन्छन्– ‘बिहान एक गिलास दूध र बेलुका सुत्नुभन्दा अगाडि पानी वा शीतल पेयपदार्थ पिउनाले पनि मदिराको असर कम हुन्छ ।’ – साधना

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।