बैशाख २७ । अन्तरिम चुनावी मन्त्रीपरिषदले संविधानसभा निर्वाचनको मिति लगायतका विषयमा छलफलका लागि बोलाएको बैठक ३३ दलले बहिस्कार गरेका छन् ।

वर्तमान सरकार नै असंवैधानिक तवरले बनेको भन्दै सरकार खारेजीको मागमा आन्दोलनरत उनीहरुले निर्वाचनको विषयमा असहमति जनाउँदै बैठक बहिस्कार गरेका हुन् ।

सिंहदरबारस्थित डा. हर्क गुरुङ सभाहलको बैठकमा ३३ दल बाहेकका दलहरुले भने समसामयिक राजनीनिक अवस्था तथा संविधानसभा निर्वाचनको मिति लगायतका विषयमा छलफल गरिरहेका छन् ।

बैठकमा संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशको मस्यौदामा रहेको विवाद र मिति घोषणा लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।