
उनले स्ववियू निर्वाचनमा विभिन्न किसिमका नाटकहरु रचिन सुरु भएको भन्दै स्वतन्त्र विवेकले मतदान गर्न पाउनुपर्ने बताएका हुन् ।
अखिल क्रान्तिकारी आर आर इकाई कमिटीले बुधबार गरेको स्ववियू सम्बन्धी एक अन्तरक्रिया कार्यक्रमममा बोल्दै उनले यथास्थितिमा संविधानसभाको निर्वाचन गराउन नदिने समेत बताए ।
पहिले जस्तै ६, ७ सयलाई पठाउने अनि अहिलेको जस्तै ताल हुने भएकाले त्यस्तो निर्वाचनको अर्थ नरहेको भन्दै यथास्थितिको चुनाव हुनै नदिने उनको भनाई छ ।
कार्यक्रममा उनले स्ववियू निर्वाचनमा क्रान्तिकारीले जितेमा पूरै संरचना बदलिन नसक्ने भए पनि निरन्तर परिवर्तनको पक्षमा रहेको शक्ति भएको र यात्रा नसकिएकाले परिवर्तनको नयाँमा बाटोमा अघि बढ्न सहयोग मिल्ने बताए ।
उनले स्ववियू निर्वाचनमा विभिन्न किसिमका नाटकहरु रचिन सुरु भएको भन्दै स्वतन्त्र विवेकले मतदान गर्न पाउनुपर्नेमा जोड समेत दिए ।
विद्यार्थीहरु माझ उनले स्ववियूको आजको एजेण्डा राष्टियता र सार्वभौमतासँग पनि जोडिएकाले एकचोटी परिवर्तन चाहने शक्तिका लागि भोट गर्न सोची दिन पनि आग्रह गरे ।