वैशाख २४ – लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको आह्वानमा चारदिनदेखि जारी पुर्बाञ्चल बन्द एक प्रेस विज्ञप्ति प्रकाशित गरी फिर्ता लिएको छ।

परिषदका केन्द्रीय अध्यक्ष कुमार लिंदेन (मिराक) विज्ञप्ती जारी गर्दै पक्राउ परेका अधिकांश कार्यकर्ता रिहाई भइसकेकाले बन्द स्थगित भएको उल्लेख गरेका छन् ।
फोटो सहितको मतदाता नामावली संकलन सहित सरकारले सञ्चालनमा ल्याएको एकिकृत घुम्ती शिविर स्थगित गर्न माग गर्दै परिषदले बन्दको आह्वान गरेको थियो । 
विज्ञप्तिमा भनिएको छ  ‘सम्बन्धित पक्ष संग र्वार्ता, बहस, छलफलको वातावरण मिलाउनको लागि प्रशासनले सबै कार्यकर्तालाई रिहा र घाइतेलार्इ उपचार गरेर वातावरण सहज गर्ने र मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिसदले जारी बन्दलार्इ स्थगन गर्ने समझदारी भएको छ ।’ 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।