बैशाख २४ । नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासीले उदयपुर सिमेन्ट उद्योगको सुधारका लागि आर्थिक सहयोग गर्न जापान सरकार तयार रहेको बताएका छन् ।

सोमबार जलजलेस्थित सिमेन्ट उद्योग पुगेका राजदूत ताकाहासीले उद्योगको एक भेलामा उद्योग सुधार तथा मेसिन मर्मतको लागि सहयोग उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने बताउनुभएको जानकारी उद्योगका महाप्रबन्धक डा सुरेन्द्र चौरासियाले दिए ।

राजदूत ताकाहासीले उद्योगको अनुगमन पनि गरेका थिए । उदयपुर सिमेन्ट उद्योग जापान सरकारको सहयोगमा नै २०४४ सालमा निर्माण भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।