
बैशाख २३ । पाकिस्तानको उत्तरपश्चिमी कुराम आदिवासी क्षेत्रमा सोमबार तालिवान समर्थक दल जमियात–ए–उलेमा इस्लामको निर्वाचन सभामा एक बम विस्फोट हुँदा १४ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् ।
यस क्षेत्रका सरकारी प्रशासक जावेद खानले यस आक्रमणका कारण ५० व्यक्ति घाइते भएको बताए ।
उक्त बम सभाको मुख्य मञ्चनजिकै राखिएको देखिएको खानले बताए ।
खानले यस आक्रमणमा दलका दुई नेता जोगिएको बताए । हालसम्म यस आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । एजेन्सी