बैशाख २१ । बैतडी जिल्लामा शनिबार साँझ बम विष्फोट भएको छ । विष्फोटमा एक बालकको मृत्यु भएको छ भने अन्य एक जना एक घाइते भएका छन् ।

जिल्लाको बासुलिङ २ ग्वानीमा साँझ भएको बम विष्फोटमा स्थानीय ११ वर्षीय ईश्वर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो विष्फोटबाट सँगै रहेका दीपक विष्ट घाइते भएका हुन् ।

त्यहाँ डेटोनेटर विष्फोटभएको प्रहरीले अनुमान गरेको छ । घाइते बालकको अवस्था सामान्य रहेको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।