नेपालले ९ विकेटको क्षतिमा पूरा ५० ओभर खेल्दै दिएको १६१ रनको लक्ष्य पछ्याएको ओमन ४६.४ ओभरमा १३२ रनमै पूरै विकेट गुमाएर समेटिन पुगेको हो ।
आजको जितसँगै नेपालले डिऐिजन ३ पक्का गरेको छ भने डिभिजन दुईमा उक्लने सम्भावनालाई जिवितै राखेको छ ।
ओमनलाई उक्त रनमा समेट्न संगम र बसन्तले समान २/२ रन लिएका थिए । त्यसैगरी, कप्तान पारस खड्का, शक्ति गौचन, पृथ्यु बाँस्कोटाले पनि एक/एक विकेट पतन गराएका थिए ।
पहिलो ब्याटिंग गरेको नेपालले यसअघि विनोद भण्डारी ३५, ज्ञानेन्द्र मल्ल ३४, पारस खड्का २८, सरद भेसवाकर २७, अनिल मण्डल ७, पृथ्यु बाँस्कोटा ६, बसन्त रेग्मीले ५, सञ्जम रेग्मी ४, चन्द्र साउद ३, शक्ति गौचन १, र सुबास खकुरेलको १ रनको सहयोगले १६१ रन जाडेको थियो ।
यस्तै, डिभिजन थ्रीकै अर्को खेलमा अमेरिका युगाण्डासँग ८२ रनले पराजित हुन पुगेको छ ।
युगाण्डाले निर्धारित ५० ओभरको खेलमा १ बल खेल्न नपाउँदै अल आउट भएर पनि दिएको १७५ रनको लक्ष्य पछ्याएको अमेरिका ३९ ओभर १ बल खेल्दाखेल्दै ९३ रनमै समेटिन पुगेको हो ।
यसैगरी, डिभिजन थ्री अन्तर्गतकै अर्को खेलमा भने बर्मुडाले इटालीलाई हराएको छ । बर्मुडाले दिएको २८५ रनको लक्ष्य पछ्याएको इटाली ४४ ओभरमा २२४ रनमा समेटिन पुगेको हो ।








