बैशाख १९ । दक्षिणपूर्वी साँखर गाविसकी एक १८ वर्षीया सामूहिक बलात्कारको सिकार भएकी छन् ।

बुधबार राति मोटरसाइकलमा आएका चार युवाको समूहले आफूलाई बलात्कार गरेको पीडित युवतीले जानकारी दिएकी छन् । दुई वटा मोटरसाइकलमा आएका युवाले साँखर गाविस–८ स्थित सालघारीमा लगेर बलात्कार गरेको युवतीलाई उद्धृत गर्दै स्थानीय उद्धारकर्ता गोविन्द गैह«ेले जानकारी दिएको राससले उल्लेख गरेको छ ।

युवतीको यौनाङ्ग, टाउको, घाँटीसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । राति ९ बजेको समयमा सालघारीभित्र रोइरहेको सुनेपछि बटुवाले स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि युवतीको उद्धार गरिएको अस्थायी प्रहरी चौकी साँखरका प्रमुख सोमबहादुर कुमालले जानकारी दिए ।

उनको अहिले पाल्पा मिसन अस्पतामा उपचार भइरहेको छ । बलात्कारमा संलग्न युवा भने फरार रहेका र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । समय समयमा बर्बराउने युवती कहिले होसमा आउने त कहिलो बेहोस हुने गरेको आफन्तले बताएका छन् ।
सामान्य बिरामी भएकी युवती पाल्पाको रामपुर अस्पतालमा उपचार गराएर फर्किने क्रममा बलात्कारमा परेको परिवारजनले जनाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।