बैशाख १८ । निर्धारित ५० ओभरमा ११ ओभर २ बल खेल्दै बर्मुडाले दिएको १०७ रनको लक्ष्य पछ्याउँदै नेपालले पहिलो जित दर्ता गरेको छ ।
जितका लागि कप्तान पारस खड्काले सर्वाधिक ४६ रन लिएका छन् । उनले २७ बलमा उक्त रन जोडेका हुन् ।
विश्वकप छनौट अन्तर्गत आईसिसी डिभिजन थ्रीमा बर्मुडाले नेपाललाई ५० ओभरको खेलमा ३८.२ ओभरमा समेटिदै १ सय ७ रनको सामान्य चुनौती पेस गरेको थियो ।
यसअघि अमेरिका र युगाण्डासँग निरिह बनेको नेपालले आज पहिलो तर सानदार जित हासिल गरेको हो ।
यसअघि टस जितेर फिल्ड रोजेको नेपालका लागि कप्तान पारस खड्काले ४ विकेट, बसन्त रेग्मीले ३ विकेट तथा सञ्जम रेग्मी १, चन्द्र साउद १ र शक्ति गौचनले समान १ विकेट पतन गराएका थिए ।
Comments




