बैशाख १६ । नेकपा–माओवादीको नेतृत्वमा रहेको मोर्चाले बिराटनगरमा अवैधानिक खोलिएको भारतीय सम्पर्क कार्यालय हटाउन माग गर्दै सोमबार काठमाडौंस्थित भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ ।

नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेल नेतृत्वको टोलीले सोमवार दिउँसो लैनचौरस्थित भारतीय दूतावास पुगी ज्ञापन–पत्र बुझाएको हो ।

२०६४ सालमा सप्तकोशीमा आएको बाढीले बाँध भत्काएर नेपाल र भारत दुवैतर्फ ठूलो क्षति पु¥याएपछि बाँध निर्माणको लागि भन्दै विराटनगरमा खोलिएको भारतको सम्पर्क कार्यालय हटाउन नेपाल सरकारले आग्रह गरेपनि भारतले निरन्तर वेवास्ता गरेका कारण आफूहरुले दबाब दिएको मोर्चा आवद्ध दलका नेताहरुले बताएका छन् ।

ज्ञापनपत्र बुझाएपछि कोणसभालाई सम्वोधन गर्दै नेकपा–माओवादी उपाध्यक्ष सिपी गजुरेलले बिरानटगरमा कार्यालय खालेर राष्ट्रियता माथि धावा बोलेको टिप्पणी गरे । कार्यालय नहटाए कडा आन्दोलन गर्ने पनि उनले बताए ।

ज्ञापनपत्र बुझाएपछि आयोजित संक्षिप्त कोणसभालाई सम्वोधन गर्दै उपाध्यक्ष गजुरेलले विराटनगरमा खोलिएको सम्पर्क कार्यालयलाई सानो दूतावासमा परिणत गर्न खोजिएको आरोप लगाए ।

भारतले विराटनगरमा सम्पर्क कार्यालय स्थापना गर्दा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री थिए । दाहाल भारत भ्रमणमै रहेका बेला यसबारे दाहालले भारतसँग स्पष्ट कुरा राख्नुपर्ने उपाध्यक्ष गजुरेलको भनाइ थियो ।

लैनचौरबाट जुलुससहित मोर्चाका नेता कार्यकर्ता ज्ञापन–पत्र बुझाउन दूताबास पुगेका थिए । ज्ञापनपत्र बुझाउनु अघि दुतावास अगाडि विरोध प्रदर्शन गरेका थिए । दिउँसो २ बजे लैनचौरबाट जुलुससहित ती दलका नेताहरु कार्यकर्ता भारतीय दूतावास अगाडि पुगेका थिए ।
विराटनगरमा अवैधानिक एवं अनधिकृतरुपमा खोलिएको भारतीय कार्यालय हटाउनका लागि ज्ञापनपत्र बुझाइएको नेकपा–माओवादीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।