बैशाख १६ । गएराति महोत्तरीको मझौरा बिसनपुर गाविस ९ गोबरौरामा भएको भीषण आगलागीबाट रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

गोबरौरा बस्ने देवकिसुन यादवको दुईकोठे खपरेली घरमा अचानक आगलागी हुँदा निजको घरभित्र रहेका नगद, सुनचाँदीका गरगहना, लत्ताकपडा, भाँडाकँुडा, खाद्यात्र वस्तु र घरसमेत जलेर रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

राति करिब ७ बजे चलेको तेज हावाहुरीको कारण सोही ठाउँ निवासी कोकवा यादवको दुईतल्ले काठको घरमा पनि आगलागी हुँदा निजको पनि घर र घरभित्रका नगद, गरगहना, भाँडाकँुडा, लत्ताकपडा, खाद्यवस्तु अत्रपात जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।

गोबरौराको दुई घरमा भीषण आगलागी भएको बेला जिल्लाको जलेश्वर नगरपालिकाको कार्यालयमा रहेको बारुण यन्त्रलाई टेलिफोन गर्दा बारुण यन्त्र घटनास्थलमा नगएको गुनासो पीडितहरूले गरेका छन् ।

यता आगलागी स्थानीय युवा र दुई प्रहरीको सहयोगमा करिब ३ घण्टापछि नियन्त्रणमा लिएको थियो ।

दुवै घरमा आगलागीका कारणबारे यकिन हुन सकेको छैन भने आगलागीले कापर र यादव दुवै परिवारलाई बिचल्ली बनाएको छिमेकी गाउँका सञ्चारकर्मी वैद्यनाथ चौधरीले बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।