राति नै डोजर लगाई १० घर भत्काईएपछि…

चन्द्रकान्त खनाल, बैशाख १४ । बुटवलको पुरानो बसपार्कमा अज्ञात समूहले गएराती डोजर चलाएपछि १० घर भत्किएका छन् ।

राती २ देखि ४ बजेसम्म अज्ञात समूहले ३ वटा डोजर तथा स्क्याभेटर लगाएर घर भत्काएको स्थानियको भनाई छ ।

करिब १० घरमा लाखौंको क्षति भएपछि स्थानियद्धारा राजमार्ग केहि छिन अबरुद्ध बनाएका थिए । करिब २० कठ्ठामा रहेका ति घरहरु रहेको जग्गामा वर्षौदेखि भोगचलनको बिबाद रहेको थियो ।
घटनामा परि २ जना समान्य घाईते भएका छन ।

बुटवलमा प्रहरी परिचालन गरि सुरक्षा सर्तकता बढाइएको छ । स्थानियले प्रशासनको पनि उनिहरुसंगै मिलेमतो हुन सक्ने आशंका गर्दै घर तथा पसलको क्षतिपूतिर्को माग गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।