
महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँको अनुरोधमा दैजीका प्रकाश राना र दोधाराका दीपक कुमार थापालाई प्रहरीले हिजो साँझ यहाँबाट पक्राउ गरेको हो ।
अपराध महाशाखाले दुवै जनाले साइवर अपराध गरेकाले पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई पत्राचार गरेपछि सोही आधारमा दुवै जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कुन किसिमको साइवर अपराध गरेको भन्ने बारे पत्रमा उल्लेख नगरिएको प्रहरी उपरीक्षक बलराम शर्मा पौडेलले बताए ।
पक्राउ परेका दुवै जनालाई अपराध महाशाखमा बुझाइने उनले बताए ।