वैशाख १०- संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा कार्की र
नायक अर्जुन (जितबहादुर) कार्कीलाई बिश्वको सर्वौच्च शिखर सगरमाथा आरोहण
गर्नबाट नरोक्ने भएको छ । 

सेभेन समिट ट्रेक एक्स्पिडिसनमार्फत हाइअल्टिच्युड वर्करका रूपमा सगरमाथा
चढ्न गएका उनीहरू प्रक्रियागत रूपमा गएकाले मन्त्रालयले नरोक्ने
मन्त्रालयका लेखापाल तिलक पाण्डेले बताए । 
निशाले सगरमाथा आरोहणका लागि चाइचिज टिमको हेल्परको अनुमति मन्त्रालयबाट
लिएको र अर्जुन कार्कीले पनि सक्कली नाम जितबहादुर कार्कीको नामबाट
हेल्परकै रूपमा अनुमति लिएकाले उनीहरूलाई रोक्न नमिल्ने बताइएको छ ।
सबैभन्दा बढी सगरमाथा चढेर कीर्तिमानी कायम गर्ने साहसिक आरोही आप्पा
शेर्पाले समेत हेल्परकै रूपमा सगरमाथा चढेको भन्दै लेखापाल पाण्डेले
नायक÷नायिका दुवैजना प्रक्रियागत रूपमा गएको बताए ।
उनले कसैले ट्रेकिङ एजेन्सीलाई रकम तिर्छ वा पारिश्रमिक लिन्छभन्दा पनि
आफूहरूले प्रक्रिया हेर्ने भएकोले प्रक्रिया पूरा भएको उल्लेख गरे । रासस
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।