एनआरएनए जर्मनीको क्षेत्रिय परिषद गठन

जर्मनी : एनआरएनए जर्मनीको बर्लिन ब्रन्डनबर्ग क्षेत्रिय परिषदको गठन गरिएको छ ।

नेपाली दुताबासका डिसीएम प्रकाश पौडेलको मुख्य अतिथ्यमा, एनआरएनएका सल्लाहकार तथा एनआरएनए जर्मनीका संस्थापक अध्यक्ष दिल बहादुर गुरुङको बिशेष अतिथ्यमा र एनआरएनए जर्मनीका अध्यक्ष पुष्प थापाको अध्यक्षतामा भएको बर्लिन ब्रन्डनबर्गमा रहने गैर आवासिय नेपालीहरुको सधारण भेलाले मनोज कुमार भण्डारीको संजोजकत्वमा १३ सदस्य प्रतिनिधिहरुको एनआरएनए जर्मनी क्षेत्रिय पेरिषद बर्लिन ब्रन्डनबर्ग सर्व सम्मत चयन गरेकोछ।

उक्त भेलाको सफलताको लागि एनआरएनएका संरक्षक राम प्रताप थापा र युरोपियन क्षेत्रिय परिषदका संयोजक कुमार पन्तले पनि शुभकामना सन्देश पठाउनु भएको थियो। गत ३ जनवरी २०१३का दिन एनआरएनए जर्मनी राष्ट्रिय समन्वय परिषदको फ्रान्कफोर्टमा बसेको बैठकको निर्णय अनुसार नेपाली समुदायहरु रहेको जर्मनीको बिभिन्न ठाउँहरुमा नयाँ क्षेत्रिय परिषद गठन र पुरना क्षेत्रिय परिषद गठन भएको ठाउँहरुमा पुनर्गठन गर्ने बिषयमा निर्णय भएको थियो ।

यसै क्रममा नव बर्ष आगमनको शुरुवात संगै मिति २०७० बैशाख ४ गते तद अनुसार १७ अप्रिल २०१३ का दिन बर्लिन–ब्रान्डेन्बर्गमा विभिन्न पेशा,व्यबसाय र अध्ययन गरेर बस्नु भएका जर्मनी बासी सम्पूर्ण नेपालीहरुको साझा सस्था गैर–आवासीय नेपाली संघ जर्मनी क्षेत्रीय समन्वय परिषद बर्लिन-ब्रान्डेन्बर्ग (Non-Resident Nepalese Association Local Co-ordination Council,LCC) बर्लिन ब्रन्डनबर्ग को क्षेत्रिय परिषदको नयाँ गठन गर्नको लागि साधारण भेलाको लागि आह्वान गरिएको थियो। उक्त भेलामा उपस्थित जन समुदयहरुले निम्न लेखित पदाधिकारीहरुलाई सर्व सम्मतबाट निर्बिरोध चयन गरेका छन।

संयोजक : मनोज भण्डारी
सह- संयोजक : सन्जय राना
सचिव : राजेश बहादुर सुनार
सह- सचिव : रुद्र सुब्बा
कोषाध्यक्ष : राममाया परियार
सदस्यहरु :
नारायण सापकोटा
सरोज चुडाल
मिना लामा
उमेश कार्की
प्रतिक ढकाल
निरज थापा
निरज खतिवडा
संजीव मानन्धर
सोही दिनमा बसेको एनआरएनए जर्मनी, बर्लिन ब्रन्डनबर्गको क्षेत्रिय परिषदको पहिलो बैथकले बसन्त पाण्डेलाई सल्लाहकारमा चयन गर्ने निर्णय गरेकोछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।