बैशाख ५ – चितवनको भरतपुरस्थित बाह्रघरेमा नहरको माटो निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ ।

नहर खन्दै गर्दा दस फिट माटोको ढिस्को खसेर सुर्खेत घर भई हाल बाह्रघरे बस्दै आएका २० वर्षीय जोना घिमिरे र १८ वर्षीय नुहरमिया अन्सारी पुरेको थियो ।

हिजो अपराह्न घटना भएलगत्तै प्रहरीको टोलीले ढिस्को खनेर उनीहरूलाई निकालेका थिए । उनीहरूको उपचारका क्रममा गएराति भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।