बैशाख २ – राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई सनातान हिन्दुराष्ट्र कायम गर्न माग गर्दै आइतबार देशभरका मुख्यमुख्य मन्दिरहरूमा शङ्खघण्ट बजाउने कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रमको जगताचार्य पण्डित तेजनाथ शर्मा ‘नेपाली बाबा’ ले धुम्बाराही मन्दिरमा शङ्खघण्ट बजाएर शुभारम्भ गरेको घोषणा गरेका थिए ।
नेपाललाई सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र कायम गर्ने उद्देश्यका साथ राप्रपा नेपालले पछिल्लो समय यो अभियान प्रत्येक वर्ष सञ्चालन गर्दै आएको छ ।
अभियानको शुभारम्भको अवसरमा पार्टी अध्यक्ष कमल थापाले ८२ प्रतिशत हिन्दुहरू रहेको नेपाललाई हिन्दुराष्ट्र कायम गराएरै छाड्ने बताए ।
Comments