काठमाडौं
सनराइज बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाई र रिजर्भबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
लाभांश सम्बन्धि उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ ।
बैंकले हकप्रदमा अवितरित सेयर प्राप्ती गर्नेहरुले समेत पाउनेगरी १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।