खेलमा नतिजा राम्रो प्राप्त भएपछि एक खेलाडीले खेल मैदानमै कट्टु फुकालेर खुसी बाँड्दा त्यसले तहल्का मच्चाएको छ ।
इटालियन सिरिए फुटबलको शनिबार राति भएको खेलमा एक खेलाडीले त्यस्तो कार्य गरेपछि सबै छक्क परे ।
प्रतियोगितामा अंक तालिकाको शीष स्थानमा रहेको युभेन्ट्सले पेस्कारालाई २(१ गोलले हराउन साथ ती खेलाडी आफ्नो कट्टु फुकालेर खुसी मनाउन थालेका थिए ।
युभेन्ट्सको जितका लागि दुवै गोल गरेका मिर्को भुसिनिचले जोशिलो मुद्रामा आफूले लगाएको जर्सीको कट्टु खोल्न पुगेका हुन् ।
त्यसरी उनले त्यस्तो काम गरेपछि उनी भने तत्कालै रेफ्रिबाट पनि पहेँलो कार्डा सिकार बनेका थिए ।


Comments







