मंगलबार बजेट आउने, नयाँ नीति र कार्यक्रम भने नआउने

चैत्र २७ – प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको अन्तरिम चुनावी मन्त्री परिषदले मंगलबार बजेट ल्याउने भएको छ ।

मंगलबार बजेट आउन लागेको भएपनि नयाँ नीति र कार्यक्रम भने नआउने बताइएको छ ।

सरकारले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि बजेट ल्याउन लागेको छ । त्यसका लागि आवश्यक तयारी भैसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

काठमाडौँको सडक विस्तार, निर्वाचन, रासायनिक मल खरिद, राष्ट्रिय गौरवकका आयोजना, बैदेशिक सहायतामा सञ्चालित आयोजना सहित ६ ओटा शिर्षकमा छुट्टै बजेट ल्याइने सुचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले बताए ।

सरकारले चुनाव र नियमित खर्च चलाउन करिब ४ सय अर्बको बजेट ल्याउन लागेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।