नेपाली चलचित्रको कमाई यतिउति भनेर खासै चर्चा नभए पनि कुनै हिन्दी चलचित्र जब हलहरुमा चल्न सुरु गर्छ त्यसको कमाईको स्कोर नेपाली मिडियामा पनि गनिन सुरु हुन्छ ।

त्यस्तै, शुक्रबारदेखि रिलिज भएको अजय देवगन अभिनित चलचत्रि हिम्मतवालाले हप्तामा ३१ करोड रुपैयाँ कमाएको भन्दै चर्चा चल्न थालेको छ ।

सन् १९८३ मा जीतेन्द्र र श्रीदेवी अभिनित फिल्म हिम्मतवालाको अहिलेको रिमेकमा तमन्ना र अजय देवगनले मुख्य भुमिका निभाएका छन् ।

यस फिल्मको रिलिज पूर्व नै फिल्म हिट हुनेमा निर्देशक साजिद खानले दावी गर्दै आएका थिए । आफ्नो फिल्लाई कुनै समिक्षकको आवश्यक नपर्ने भन्दै उनी धक समेत दिन पछि परेका थिएनन् ।

यस अघि पनि साजितको फिल्म ‘हे बेबी’, ‘हाउसफुल’ तथा ‘हाउसफुल २’ ले पनि समिक्षकको साथ विना नै राम्रो कमाई गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।