चैत २० । चितवनस्थित भरतपुर नगरपालिका–८ मा बर्डफ्लु फेला परेको छ । त्यहाँ रहेको छरनपुरस्थित प्रकाश थापाको पोल्ट्री फर्ममा बर्डफ्लु फेला परेको हो ।

राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा गएको शनिबार एच–५ भाइरस देखा परेपछि केन्द्रीय पशुरोग अनुसन्धान प्रयोगशाला काठमाडौँ पठाइएको थियो ।

सो प्रयोगशालाले बर्डफ्लुनै भएको पत्र पठाएपछि सो फर्ममा रहेका कुखुरा मार्ने प्रक्रिया अगाडि बढाइएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बर्डफ्लु प्राविधिक समितिको बैठकले सो रोग निवारण गर्न १० जना प्राविधिक समूह गठन गरेको छ । त्यहाँ आजै सो फर्ममा रहेका कुखुरा नष्ट गरिने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।