चैत २० – जिल्लाको स्यालापाखा गाविसमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रुकुमकोटबाट खलङ्गा गाविसको सोलावाङतर्फ आउँदै गरेको रा१त ९३५ नम्बरको ट्र्याक्टर स्यालापाखा– १ बैंसपानीमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिवराज बुढाथोकीका अनुसार मृतकको सनाखत हुनसकेको छैन ।

हिजो राति १०ः३० बजे भएको उक्त दुर्घटनामा ट्र्याक्टर सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।