चैत १९ – झापामा एक युवकको आफ्नै पिताको कुटाइबाट मृत्यु भएको छ ।

महारानीझोडा–८ बस्ने पूर्वप्रहरी हवल्दार पुष्पलाल घिमिरेको कुटाइबाट गम्भीर घाइते भएका २७ वर्षीय छोरा होमप्रसादको भारतको सिलगुडीमा उपचारको क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापालाई उदृत गर्दै राससले जनाएको छ ।

घरायसी विवादको क्रममा बाबुले छोरालाई बाँसको लाठी र लात्ताले कुटेर गम्भीर घाइते बनाएपछि उपचारका लागि सो अस्पताल लगिएको थियो ।

कर्तव्य ज्यानको अभियोगमा पिता पुष्पलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।