निक्कै लामो समयदेखि विवाद र नाकाबन्दीको सामना गर्दै आएको उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध औपचारिक रुपमा युद्धमा प्रवेश गरेको घोषणा गरेको छ ।

कोरियाली प्रायद्वीपमा लामो समयदेखि चलेको ‘न युद्ध न शान्ति’को अवस्था अब अन्त्य भएको भन्दै उत्तरले वक्तव्य जारी गरेर युद्धको घोषणा गरेको हो ।

गएको फेब्रुअरीमा गरेको तेश्रो आणविक परीक्षणपछि आफूमाथि बढ्दो प्रतिबन्धकाबीच छिमेकी दक्षिण कोरिया र अमेरिका विरुद्ध लगातार आक्रोश व्यक्त गर्ने क्रममा उत्तरकोरियाले उत्तर दक्षिणको सम्बन्ध युद्धको स्थितिमा प्रवेश गरेको र दुई कोरियाली मुलुकबीचका सबै मामिला युद्धकालीन प्रोटोकल अनुसार समाधान हुने जनाएको छ ।


दक्षिण र अमेरिकाले उत्तरसँग लड्न समझदारी गरेसँगै उत्तर चिढिएको थियो । त्यस्तै गरी उत्तरमाथि थप नाकाबन्दी भएपछि उसले युद्धको घोषणा गर्न पुगेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।