एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपालद्वारा मलेसिया १९ रनले पराजित

चैत्र १७ – एसीसी ट्वान्टी-२० कप क्रिकेटमा नेपालद्वारा मलेसिया १९ रनले पराजित भएको ।

टस हारेर पहिलो ब्याटिंग गरेको नेपालले १ सय ६४ रनको लक्ष्य पेस गरेकोमा मलेसिया २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रनमा समेटिन पुगेको हो ।

यसअघि नेपालले २० ओभरमा ८ विकेट गुमाएर नेपालले १ सय ६३ रन जोडेको थियो । उक्त रन जोड्न कप्तान पारस खड्काले ८७ रनको योगदान दिएका छन् ।  ५४ बलको सामना गरेका उनले ३ छक्का र ११ चौका हाने ।

आजै भएको खेलमा हङकङ र युएई विजयी भएका छन्। ललितपुरस्थित पुल्चोक क्याम्पसमा भएको खेलमा हङकङले सिंगापुरलाई ३९ रनले पराजित गर्‍यो भने त्रिवि मैदानमा युएईले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्‍यो।

टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १ सय ९८ रन जोड्यो। १ सय ९९ सय रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रनमात्र जोड्यो।

उता त्रिवि मैदान टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरको खेलमा १ सय ४३ रन जोड्यो। युएईले ४ बल अगावै विजय लक्ष्य पछ्याएको थियो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।