चैत १६, रासस – जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा फोटो खिचाउने बहानामा आएको अज्ञात समूहले आज कार्यालयको एक थान ल्यापटप र एक थान फोटोकपी मेसिन तोडफोड गरेको छ ।

सवा दस बजेको समयमा माक्स लगाएर कार्यालय प्रवेश गरेको चारजनाको उक्त समूहले ६८ वटा मतदाता फाराम च्यातेको कार्यालय प्रमुख चुरामणि पन्थीले बताएका छन् ।

सो समूहले कार्यालयको फाराम तथा डाटा भर्ने कोठामा प्रवेश गरी दुईजनाले कर्मचारीलाई नियन्त्रणमा लिएका र दुईजनाले सामान तोडफोड गरी फरार भएका पन्थीले बताए ।

तोडफोडबाट भौतिक सामग्री क्षति हुनुका साथै कार्यालयले सङ्कलन गरेको मतदाताको सबै विवरणसमेत नष्ट भएको हुन सक्ने पन्थीले बताए । घटनापछि प्रहरीको टोली कार्यालय पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।