चैत्र १२ – मलेसियामा रोजगारीका लागि पुगेका नेपालीहरुमाथि भएको आक्रमणमा कसैको पनि निधन भने नभएको तर घटनामा २ जना नेपाली घाइते भएको पुष्टि भएको छ ।

नेपाली दुतावास क्वालालम्पुरले एक प्रेस विज्ञप्ति जारी गर्दै  कसैको पनि निधन नभएको र त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा तथा घाइतेहरुको उपचारका लागि सक्दो पहल भईरहेकाले सबै नेपालीलाई यथावत रहन आग्रह गरिएको छ ।

अस्पताल पुगेको दुतावास प्रतिनिधिले दुई जना घाइतेलाई मात्र त्यहाँ भेटाएका छन् ।

सामान्य विवादमा गएराति मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनी होस्टलमा स्थानीय युवाले हतियारसहित  प्रवेश गरी आक्रमण गरेका थिए ।

यसअघि उक्त ठाउँममा स्थानीय गुन्डाहरुले नेपालीहरुमाथि आक्रमण गर्दा आधा दर्जन भन्दा बढी घाइते भएको तथा दर्जन बढी घाइते भएको समाचार आएपनि दुतावासले त्यस्तो नभएको स्पष्ट पारेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।