चैत ११ वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका एक इलामे युवाको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ ।
शान्तिडाँडा घर भई दुई वर्षदेखि त्यहाँको सेलाङरस्थित हिलइङ इन्डस्ट्रिज सेक्सन ३४ वुकितमा कार्यरत ३४ वर्षीय मेघबहादुर भण्डारीको मृत्यु भएको हो ।
रातिको समयमा काम गरिरहेका भण्डारीलाई अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको उनका साथी नीरज आचार्यले फोनमार्फत बताएको राससले उल्लेख गरेको छ ।

शवलाई नेपाल ल्याउने तयारी भइरहेको परिवारजनले बताएका छन् ।
Comments







