चैत्र ७ – बाँकेको स्थानीय सल्यानबागस्थित शर्मा होटलमा १२ वर्षीया बालिकामाथि बलात्कार गरिएको छ ।
बाँके जिल्ला बैजापुर गाविसकी ती बालिकालाई बेहोस अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पु¥याएको थियो । बालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको जनाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा निश्चित रकम असुल गरेर बालिकालाई नियोजित रूपमा बलात्कारको सिकार बनाइएको देखिएको राससले उल्लेख गरेको छ ।
प्रहरीले होटलका सञ्चालक दम्पतीसहित तीन जनालाई पक्राउ गरे पनि बलात्कारी भने फरार रहेको जनाइएको छ ।
Comments