चैत्र ५ – अन्तरिम चुनावी मन्त्रीमण्डलमा आज साँझ आठ जना नयाँ मन्त्रीले सपथ लिएसँगै मन्त्रीपरिषदले पूर्णता पाएको छ ।
तीन सदस्यीय रहेको खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषदमा आठ ८ जना मन्त्री थपिएपछि ११ सदस्यीय चुनावी मन्त्रीपरिषद बन्न पुगेको छ ।
आज सपथ लिने मन्त्रीहरुमा माधव पौडेल, विद्याधर मल्लिक, रामकुमार श्रेष्ठ, उमाकान्त झा, शंकर कोइराला, टेकबहादुर धर्ती, छविराज पन्त र ऋद्धिबाबा प्रधान रहेका छन् ।
आज थपिएका मन्त्रीहरुमा मल्लिकले अर्थ मन्त्रालयको जिम्मेबारी पाउने बताइएको छ । नयाँ मन्त्रीहरुले यसअघि बहालवाला मन्त्रीहरुले सम्हालिसकेको मन्त्रालय भने नपाउने बताइएको छ ।
यसअघि माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र तथा हरिप्रसाद न्यौपानेले कानुन र श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । नयाँ मन्त्रीहरुले यी मन्त्रालय भन्दा अन्य मन्त्रालयको जिम्मेवारी पाउने छन् ।






